Friday, January 17, 2025
समाजऋण नतिरेको भन्दै घरमै बैङ्कले खटायाे सुरक्षा गार्ड

ऋण नतिरेको भन्दै घरमै बैङ्कले खटायाे सुरक्षा गार्ड

इटहरी । मुलुक आर्थिक अभावले समस्यामा परिरहेको र व्यवसायहरू पलायन भइरहेकाे बेला निजी बैङ्कहरूले पनि यही अवस्थालाई मौका बनाएर व्यवसायीहरूलाई तर्साउने र मानसिक समस्या दिने कामलाई प्रशय दिन थालेको छ ।

सुनसरिको इटहरीस्थित एनआइसी एसिया बैङ्कको शाखा कार्यालयले कलाकार विक्रम श्री तिम्सिनाकाे घरमा सेक्युरिटी गार्ड राखेर मानसिक यातना दिन थालेको छ । समयमै ऋण नतिरेको भन्दै बैङ्कको शाखाले कलाकार तिम्सिनाकाे घरमा नियमित सेक्युरिटी गार्ड पठाएर निगरानी बढाएको हो । बैङ्कले तिम्सिनाकाे घरमा ३५ दिने लिलामीको सूचना समेत टाँस गरेको छ ।

कलाकार तिम्सिनाले बुधवार सामाजिक सञ्जालमा बैङ्कबाट ऋण लिएको र समयमै किस्ता नबुझाएको स्विकारेका छन् । देश भित्रै आर्थिक मन्दी र काम गरेको पैसा नउठेपछि आफूले समयमै किस्ता बुझाउन नसकेको कलाकार तिम्सिनाले बताएका छन् । तर बैङ्कलाई सबै समस्या सुनाउँदा सुनाउँदै पनि एकै दिन एकै पटक ७ दिने लिलामको सूचना टाँस गरेपछि आफू विचलित र समस्यामा परेको सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

बैङ्कले झापाको दमकमा व्यवसायी दुर्गा प्रसाद कँडेलको घरमा पनि नियमित सुरक्षा गार्ड राखेर मानसिक टर्चर दिएको बत्ताइएको छ । दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म खटाइएका सुरक्षा गार्डले कँडेलको घरको रेकि गर्ने गरेका थिए । ३ महिनादेखि बैङ्कको साँवा तथा ब्याज तिर्न नसकेका कँडेलले १ करोड ऋण लिएका छन् । हाल घरबाट गार्ड हटाइएको भए पनि बैङ्कले बारम्बार तनाव दिने गरेको उनले बताए । यस्तै २ वर्ष अघि मोरङको पथरीशनिस्चरेमा पनि एक व्यवसायीको घरमा ऋण नतिरेको भन्दै बैङ्कले सुरक्षा गार्ड पठाएर निगरानी गरेको थियाे ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img