देशकोशी प्रदेशवर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध

वर्षाका कारण खोटाङका कच्ची सडक अवरुद्ध

नेपालमा गत मंगलबार पानी र वर्षा सगै आएको बाढीले खोटाङको कच्ची सडक अवरुद्ध बनेका छन् ।

३१ असोज देखि २ कात्तिक सम्म परेको अविरल वर्षाका कारण जिल्लाको महुरे , रसुवाघाट , दिक्तेल ,हाटडाँडा , खानीडाँडा , दिक्तेक बजार, मानेभञ्ज्याङ र मात्तिम जस्ता कच्ची सडक ठप्प बनेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताउनु भएको छ ।

वर्षाका कारण कच्ची सडकमा भएका खाल्डाखुल्डी र हिलोमा सवारीसाधन भासिने भएकाले यातायात सेवा प्रभावित भएको छ ।कतिपय ठाउँमा पहिरो खसेका कारण कच्ची सडक अवरुद्ध बनेको हो ।

दिक्तेल पाथेका र दिक्तेल, खार्मी सडकमा गत वर्षदेखि नै सवारीसाधन चलेको छैन । बेमौसममा परेको वर्षाका कारण जिल्लाका १० स्थानीय तहका कच्ची सडकको पनि खाल्डाखुल्डी भएको छ ।

त्यस्तै पानी र वर्षा सगैं आएको बाढीले धानबालिमा समस्या गरेको छ र सवारीसाधन सञ्चालन नहुँदा आकस्मिक काम र एम्बुलेन्स पनि चलेको छैन । चाडवाडका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img