Tuesday, October 15, 2024
समाजबागलुङको काठेखोला खानेपानीको अभाव

बागलुङको काठेखोला खानेपानीको अभाव

spot_img

बाग्लुङ: जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै काठेखोला गाउँपालिका, डाँडापाखाले घेरिएको यो गाउँमा वर्षौँदेखि खानेपानीको समस्या छ । गाउँमा खानेपानीको समस्या समाधान गरिदिने बाचा गरेका धेरैपटक सत्तामा पुगे । व्यवस्था फेरीयो तर खानेपानीको समस्या भने सधैँ उस्तै रह्यो । गाउँका बासिन्दालाई खानेपानी अभावले पुरानै रितिरिवाज जस्तै गाग्री बोकेर १०/१५ मिनेट हिडेर पानी लिन जानुपर्ने बाध्यता बनायो ।

बागलुङको काठेखोला गाउँपालिका वाड–२ भिमपोखरामा पर्ने उक्त गाउँमा सहज खानेपानीको पहुँच नहुँदा स्थानीयसँगै यहाँको आधारभूत विद्यालयमा समेत खानेपानीको समस्या परेको छ । स्थानीयले यो समस्या सरोकारवाला निकायलाई नसुनाएका भने होइनन् । पटक–पटक खानेपानीको समस्या सम्बन्धित निकायलाई सुनाउँदा सुनाउँदै दिक्क भएका उनीहरू अहिले यो विषयमा बोल्नै चाहँदैनन् । गाउँमा खानेपानीको चरम अभाव छ । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म अतिआवश्यक पर्ने पानीको आपूर्ति नहुँदा आफूहरुको दैनिकी कष्टकर बनेको गाउँका बासिन्दाहरु बताउछन । काठेखोला गाउँपालिका वडा-२ भिमपोखराको सिम गाउँमा पछिल्लो ५ महिना देखि धारामा पानी आएको छैन । पुरानो धारा समेत १५ दिन देखी बन्द रहेको उनीहरु बताउछ्न ।

गाउँमा पछिल्लो ४/५ महिना देखि धारामा पानी आएको नआएको र पुरानो धारोमा समेत १५ दिन देखि पानी नआएको स्थानीयहरु बताउछन । भिमापोखरा सिम खानेपानीको योजना बाट ७० लाख रुपैयाँ भुक्तानी भएको खानेपानी उपभोक्ता समितिका सचिव भोलानाथ पौडेलले बताए । धारो खानेपानी आएको छैन। समिति, वाड कार्यालयहरुमा यसबारे जानकारी गाउदा समेत उक्त समस्याको समाधानका लागि कुनै पहल नभएको र समितिको समेत मिलेमतोमा रकम भुक्तानी भएको स्थानीयहरुको आरोप छ ।

“यस बिषयमा पटकपटक वडामा कार्यलयमा जानकारी गराएका थियौ । खानेपानीको योजनाका समन्धित सबैलाई जानकारी गराएकै हौ, ठेकेदारलाई पनि बारम्बार जानकारी गराउदा समेत कुनै वास्त गरिएन” नाम नराखिने सर्तमा एक स्थानीयले बताए । त्यहाको खानेपानीको पाईपमा समेत घोटाला भएको स्थानीयहरु बताउँछन् । शाखा लाईनमा २० एमएम र मेनलाईनमा रहेको पईपको मोटाई ४० एमएम हुनुपर्नेमा मेन लाईनमै कुनै ठाउँमा २० एमएम कुनै ठाउँमा ४० एमएम रहेको गाउँका स्थानीय जीवन शर्मा बताउछन ।

यस बिषयमा धेरै पटक गाउँ झगडा समेत भएको स्थानीयहरुले सुनाए ।

काठेखोला–३ धम्जामा पनि अभाव
बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीमा खानेपानीको अभाव भएको छ । धम्जाका अधिकांश गाउँमा ‘एक घर, एक धारा’ निर्माण गरिए पनि देउरालीमा भने खानेपानी अभाव कायमै छ ।

भौगोलिक हिसाबले धम्जाकै शिरमा रहेको देउरालीमा खानेपानीका मूल बस्तीभन्दा तल भएका कारण यहाँका २० घरमा वर्षौँदेखि खानेपानीको पहुँच छैन। धम्जा देउरालीका बासिन्दालाई खानेपानीको सुविधा दिन सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालन गरेर देउराली खर्कको चौरमुनिको मूलबाट खानेपानी ल्याइए पनि उक्त आयोजना एक महिनासमेत टिक्न सकेन ।

प्राविधिक त्रुटिका कारण सोलार लिफ्ट खानेपानी आयोजना सञ्चालनको एक महिनामै बिग्रिएपछि पुनः खानेपानीको अभाव भएको स्थानीय प्रेमश्वरी श्रेष्ठले बताए । “सोलार लिफ्ट आयोजना सञ्चालनको एक महिनामै बिग्रियो” उनले भने । १४ लाखको लागतमा योजना सम्पन्न भएको हो । देउरालीका सबै घरमा खानेपानीका धारा छन्, तर पानी उपलब्ध छैन ।

काठेखोला गाउँपालिकाले दुई वर्षअघि देउरालीमा खानेपानीको अभाव टार्न सोलार लिफ्ट खानेपानी आयोजना निर्माण गरेको हो । योजना सञ्चालनमा आउन नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष यमबहादुर रोकाले बताए । लिफ्ट आयोजना मर्मत गर्न पहल भइरहेको उनको भनाइ छ । अहिले देउरालीमा असौजे र कालठुटेको मूलबाट आएको पानी दुईवटा ट्याङ्कीमा जम्मा गरेर घर–घरमा वितरण भइरहेको छ । बर्खामा खानेपानी पुग्ने भए पनि हिउँदयाममा अभाव नै हुन्छ ।

देउरालीमा खानेपानी ल्याउनका लागि बस्तीमुनिको देउरा

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img

सिफारिस

spot_img