Friday, July 18, 2025
समाजकरेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

spot_img

मनाङ: मनाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भएका २७ वर्षीय योग छिरिङ तामाङ रहेका छन् ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेमा रोकेर ट्र्याक्टरमा ढुङ्गा लोड गर्ने क्रममा हातले विद्युत्को नाङ्गो तारमा छोइँदा करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक पुष्कल कार्कीले जानकारी दिए ।

- Advertisement -

“बाढीपहिराका कारण लत्रिएको विद्युत्को तारमा छोइँदा करेन्ट लागेको हो, करेन्ट लागेर गम्भीर घाइते भएका तामाङका आफन्तले स्वास्थ्य चौकीमा पु¥याएका रहेछन्, थप उपचारका लागि जिल्ला अस्पताल पु¥याउनासाथ अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्”, प्रहरी निरीक्षक कार्कीले भने।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img