हेटौँडा : अत्याधिक गर्मि बढेपछि हेटौंडा उपमहानगरपालिका अन्तर्गत संचालित विद्यालय एक साता विदा दिइएको छ। शनिबार साँझ उपमहानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै जेठ २१ गतेदेखि २६ गतेसम्म विद्यालय विदा गर्ने निर्णय गरेको जनाएको छ।
केही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण दैनिक जनजीवनमा प्रत्यक्ष असर परिरहेको र विद्यालयको पठनपाठन लगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै उपमहानगरले महानगरले एक साता विद्यालय विदा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि उपमहानगरले विद्यालय विदा गर्ने, नगर्ने जिम्मा वडालाई दिएको थियो ।