समाजभारतले नेपाललाई मुर्रा जातको १५ वटा राँगा दिने

भारतले नेपाललाई मुर्रा जातको १५ वटा राँगा दिने

काठमाडौँ: भारतले नेपाललाई १५ वटा मुर्रा जातको भैंसी उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहेका बेला त्यहाँको सरकारसँग भएको सम्झौताअनुसार ती भैसी र राँगा उपलब्ध गराइएको हो । यसअघि तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादव दिल्ली गएर त्यहाँको कृषि मन्त्रालयसमक्ष भैंसी र रागो उपलव्ध गराउन प्रस्ताव गरेका थिए ।

सोही प्रस्तावअनुसार प्रधानमन्त्री प्रचण्डको भ्रमणमा सहमति भएको बताइएको छ । पश्ु सेवा विभागका महानिर्देशक डा.सम्झना काफ्लेका अनुसार भारत सरकारले मुर्रा जातको राँगो र भैंसी दिने सहमति भइसकेको छ । सहमति लगत्तै त्यहाँबाट भैसी र राँगो ल्याउने तयारी भइरहेको उनले बताइन् । नेपालमा रहेको मुर्रा जातको भैसी पुरानो भइसकेको र नयाँ जातका लागि भारतसँग पहिलादेखि नै छलफल चलिरहेको उनले बताइन् । त्यसका लागि अहिले आएर सहमति भएको काफ्लेको भनाई छ ।

नेपालस्थित भारतीय दूतावासका अनुसार कृषि तथा पशुपन्छीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी उपलब्ध गराउन लागिएको हो । त्यस्तै, नेपाल–र भातरबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले दुवै पक्षबीच नानो युरिया र प्राकृतिक खेतीजस्ता द्विपक्षीय सहकार्यको नयाँ आयामबारे पनि छलफल भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

त्यसैगरी भारत सरकारले अनुदान सहयोगमा नेपाललाई दक्षिण एसिया स्याटलाइटको सेवा प्रदान गर्न ग्राउण्ड स्टेसनको निर्माणका साथै ३०० वटा टर्मिनल उपलब्ध गराउने भएको छ । यो प्रयासले अन्तरिक्ष क्षेत्र, दूरसञ्चार तथा प्रसारण, टेलिमेडिसिन, दूरशिक्षा, इ–गोभर्नेन्स, बैंकिङ तथा एटिएम सेवा, मेटोरोलोजिकल डाटा प्रसारण, डिजास्टर रेसपोन्सलगायतको क्षेत्रीय सहकार्यलाई प्रवद्र्धन गरिने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img