काठमाडौं। प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराका विषयमा के गर्ने भनेर नेपाल बार एसोसिएसनको बैठक चलिरहेका बेला ज’बर ज’स्ती घु’सेपछि प्राइम टाइम्स टेलिभिजनका मालिक एवम् सञ्चारकर्मी ऋषि धमलालाई ध’क्का दिएर बाहिर निका लिएको छ ।
मंगलबार काठमाडौंको रामशाह पथस्थित नेपाल बारको मुख्यालयमा केन्द्रीय कार्यसमिति र सल्लाहकारहरूको बैठक चलिरहेका बेला धमला ज’बरजस्ती रुपमा अनुमति नै नलिएर क्यामरासहित घुसेका थिए ।बैठकभित्र धमलाले पत्रकारको सामान्य आचार संहिता समेत उल्लंघन गरेर कुराकानी गर्न थालेपछि बारका अध्यक्ष चण्डीप्रसाद श्रेष्ठले धमलालाई धकेलेर बाहिर निकालेका थिए ।
बैठक चलिरहेका बेला भित्रको दृष्य खिच्नुपर्दा पत्रकार एवम् क्यामरा खिच्ने व्यक्तिले पूर्व स्वीकृति लिनुपर्छ । तर, धमलाले एकै पटक बैठकको लाइभ गरेको भन्दै छिरेका थिए ।बारका अध्यक्ष श्रेष्ठले धकेलेर प्राइम टिभिका मालिक एवम् सञ्चारकर्मी धमलालाई बाहिर निकालेका थिए ।
यसैबीच, बार एसोसिएनसनका सल्लाहकारहरूको बैठकले प्रधानन्यायाधीश जबराले अविलम्ब राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश जबरा सर्वोच्चबाट नहटेसम्म बार (कानून व्यवसायी)ले इजलासमा बहस गर्न नहुने बताएका छन् ।
थापाले जबराले राजीनामा नदिएसम्म कानून व्यवसायीले बहस गर्न नहुने सुझाव दिएका हुन् ।न्याय क्षेत्रमा गम्भीर विचलन देखिएको र यस्तो अवस्थामा बारले हेरेर मात्रै बस्न नहुने थापाको भनाइ छ । बारका पूर्वमहासचिव वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ भन्ने नै सबैको निष्कर्ष रहेको बताएका छन् ।
पूर्व उपाध्यक्ष अधिवक्ता टीकाराम भट्टराईले बैठकमा सहभागी ९९ प्रतिशत सल्लाहकारले वर्तमान प्रधानन्यायाधीशले न्यायीक नेतृत्व दिन असफल भएको निष्कर्ष निकालेको जानकारी दिएका छन् ।सल्लाहकार समितिको बैठकमा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, बद्रीबहादुर कार्की, कृष्ण सापकोटा, सतिश खरेल, तुलसी भट्ट, मुक्ति प्रधान,
विजयकान्त मैनाली, रमन श्रेष्ठ, कृष्ण भण्डारी, शम्भु थापा, अधिवक्ता टीकाराम भट्टराई लगायतले बैठकमा प्रधान न्यायाधीशले अहिलेको समस्या समाधानका लागि राजीनामा दिनुपर्ने धारणा राखेका छन् । यसैबीच, प्रधानन्यायाधीश जबराले राजीनामा नदिने जनाएका छन् । उनले आफूविरुद्ध हुने सबै हर्कतको सामना गर्ने चेतावनी दिएका छन् ।




