देशबागमती प्रदेशमउवासंघ नागरिकलाई सकुम्बासी बनाएर गरिने सडक विस्तारमा सहमत नहुने !

मउवासंघ नागरिकलाई सकुम्बासी बनाएर गरिने सडक विस्तारमा सहमत नहुने !

मकवानपुर: नागरिकलाई सकुम्बासी बनाएर गरिने सडक विस्तारमा सहमत हुन् नसक्ने मकवानपुर उद्योग वाणिज्य संघ(मउवासंघ)ले जनाएको छ ।

सडक डिभिजन हेटौंडाद्धारा आषाढ १० गते जारी गरिएको सूचनाबाट पीडित व्यवसायी तथा घरधनिहरुमा तनावको स्थिति सिर्जना भएको भन्दै नागरिकलाई सम्पत्तिको हकबाट बञ्चित गर्न नपाइने संवैधानिक दायित्वबाट विमुख हुँदै सडक डिभिजन हेटौंडाले नगरिकलाई सुकुम्बासी बनाउने कार्य अमानवीय रहेको मकवानपुर उद्योग वाणिज्य संघले बिज्ञप्तीमा उल्लेख गरेको छ ।

हेटौँडामा सडक विस्तार हुनुपर्नेमा कुनै विरोध नभएको तर नागरिकलाई सकुम्बासी बनाएर गरिने सडक विस्तारमा सहमत हुन नसकिने संघले जनाएको छ ।

व्यवसायीहरुलाई क्षतिपूर्तिसहित उचित व्यवस्थापन र घरधनिलाई मुअब्जा तथा क्षतिपूर्ति प्रदान गरे मात्र सडक विस्तारमा सहमत हुने संघका अध्यक्ष तथा हेटौडा बसोबास संरक्षण मूल समितिका संयोजक कृष्ण कुमार गुप्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

व्यवसायी तथा घरधनिहरुलाई उचित क्षतिपूर्ति तथा मुअब्जा प्रदान गरेर सहमतिमा समस्या समाधान नगरी मुअब्जा तथा क्षतिपूर्तिको कुनै पूर्वशर्त नराखी निर्मम रुपमा सडक डिभिजन हेटौंडा प्रस्तुत हुन खोज्नु सर्वथा गलत रहेको उनले बताएका छन् । सडक डिभिजन हेटौंडा एकपक्षीय रुपमा प्रस्तुत भएमा आफुहरु आन्दोलित हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img