Wednesday, January 15, 2025
समाजसडक बिस्तारको ३५ दिने सुचनाले तात्यो हेटौँडा, सिडिओ कार्यालयमै पर्यो चर्काचर्की !

सडक बिस्तारको ३५ दिने सुचनाले तात्यो हेटौँडा, सिडिओ कार्यालयमै पर्यो चर्काचर्की !

मकवानपुर: गत असार १० गते डिभिजन सडक कार्यालय हेटौँडाले ३५ दिनको सूचना जारी गरेपछि सडक विस्तारको विषयमा पक्ष र विपक्ष बहसले हेटौँडा तातेको छ । शुक्रबार समेत मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले राखेको सवैपक्षिय छलफलमा चर्काचर्की परेको छ ।

डिभिजन सडक कार्यालय हेटौँडाका डिभिजन प्रमुख राजेश कुमार यादवले ३६ दिन पछी तोकिएको स्थानबाट जुनसुकै घर भत्काउन सकिने चेतावनी दिए । असार १० गते प्रकाशन भएको सूचनाको विषयमा जानकारी गराउँदै यो पटक हेटौँडाका घरधनिको माग अनुसार सरकारले २५ मिटरलाई घटाएर २५ गतज मात्र बनाएको समेत उनले बताएका थिए । उनले साउन १६ सम्मा आफुहरुको सूचनालाई वेवास्ता गरिए कानुनी तबरबाट अतिक्रमित घर टहरा हटाउने बताएका हुन् ।

सवैपक्षिय छलफलकै क्रममा चालु आवस्थामा राज्यले पीडितलाई मुआब्जा र कुनै क्षतिपूर्ति नदिई घर भत्काउन खोजे प्रतिकार गर्ने मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवालले बताए । उनले सयौँ ब्यवसायी र घरधनीको व्यक्तिगत जग्गालाई राज्यले हानी गर्न नसक्ने चेतावनी दिए ।

त्यस्तै एमालेको प्रतिनिधित्व बागमती प्रदेशसभा सदस्य एकालाल श्रेष्ठले आफुहरुपनि सडक विस्तारको पक्षमा रहेको तर राज्यले उचित क्षतिपुर्ति र मुआब्जा दिनुपर्ने, बाईपास निर्माण गरेर हेटौँडालाई सडकको बिचबाट दाँयाबाँया १६–१६ मिटर सडक फराकिलो बनाउन सकिने धारण समेत प्रस्तुत गरे ।

छलफलमा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिना लामाले यो पटक हेटौँडा सडक बिस्तार भएरै छाडने दाबी गरिन् । उनले सडक बिस्तार गर्नुपर्छ भन्दा ज्यानै जान्छ भने पनि तयार भएको बताईन । यो विषयलाई थप गिजोलेर समस्या नथप्ने उनले अनुरोध समेत गरेकि थिईन् । उनले ३५ दिन भित्र बाईपास कायम गरेर ल्याउन समेत चुनौती दिएकी छन् ।

सिडिओ प्रसाईले २५ गजको विषयको बारेमा राखेको सर्बपक्षिय बैठकमा प्रदेशसभा सदस्य, मकवानपुर उद्योग वाणिज्य संघ, राजनीतिक दलका नेतृत्व, प्रहरी प्रशानस, सरोकारवाला घरधनी, हेटौँडा उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख सहितको उपस्थिती रहेको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img