Tuesday, July 8, 2025
समाजविदेशीले नेपालमा ५८ अर्ब खर्च गर्दा नेपालीले विदेश भ्रमणमा १ खर्ब १९...

विदेशीले नेपालमा ५८ अर्ब खर्च गर्दा नेपालीले विदेश भ्रमणमा १ खर्ब १९ अर्ब रुपैयाँ सके

spot_img

काठमाण्डाै: चालु आर्थिक वर्षकाे ११ महिनामा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकले भन्दा विदेश घुम्न जाने नेपालीले बढी खर्च गरेको पाइएको छ ।

नेपाल राष्ट्र बैंकले आज साेमवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आर्थिक वर्षको जेठसम्ममा विदेश भ्रमणमा जाने नेपालीले एक खर्ब १९ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेका छन् । गएकाे वर्षको तुलनामा यस्तो खर्च ३७ दशमलव नौ प्रतिशतले बढी हो । गएकाे आर्थिक वर्षकाे यही अवधिमा नेपालीले विदेश भ्रमणमा ८७ अर्ब तीन करोड रुपैयाँ बराबर खर्च गरेका थिए ।

-सूचना-

नाै महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकबाट जम्मा ५८ अर्ब छ करोड रुपैयाँ आम्दानी भएको छ । जुन अघिल्लो आर्थिक वर्षकाे यही अवधिको तुलनामा ९४ दशमलव तीन प्रतिशतले बढी हो । गएकाे वर्षको यही अवधिमा विदेशी पर्यटकबाट २९ अर्ब ८८ करोड रुपैयाँ आम्दानी भएको थियो ।

यस्तै विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले समीक्षा अवधिमा ८९ अर्ब १८ करोड रुपैयाँ बाहिर लगेका छन् । गएकाे वर्षको यही अवधिमा यस्तो खर्च ५९ अर्ब ९९ करोड रुपैयाँ बराबर थियो ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img