Tuesday, July 8, 2025
समाजएसइइमा उत्कृष्ट नतिजा ल्याउने ३ जनालाई वडाअध्यक्षको पारीश्रमीक उपहार

एसइइमा उत्कृष्ट नतिजा ल्याउने ३ जनालाई वडाअध्यक्षको पारीश्रमीक उपहार

spot_img

मकवानपुर: मनहरी गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले एसइइमा उत्कृष्ट नतिजा ल्याउने ३ जनालाई आफ्नो पारीश्रमीक उपहार स्वरुप प्रदान गरेका छन् । महेन्द्र ज्योती उच्च माध्यमीक विद्यालयका ३ विद्यार्थीलाई आज एक कार्यक्रमका बिच वडाअध्यक्ष अर्यालले आफ्नो एक महिनाको पारीश्रमीक उपहार दिएका हुन् ।

महेन्द्र ज्योतीबाट सर्वोत्कृष्ट नतिजा ३.१० जिपिए प्राप्त गर्न सफल प्रीन्सा पौडेललाई नगद रु १० हजार सहित प्रमाण पत्र र खादा दिइएको थियो । त्यसैगरी २.९ जिपिए प्राप्त गर्न सफल निकिता तिमल्सीना र स्वस्तीका बर्तौलालाई क्रमश ४/४ हजार नगद र खादा सहित सम्मान गरीएको थियो ।

-सूचना-

आगामी दिनमा उत्कृष्ट नतिजा ल्याउनेहरुलाई थप प्रेरणा र हौसलाका साथ पठनपाठन यात्रा अघि बढोस् भन्ने अभिप्रायले आफ्नो एक महिनाको पारीश्रमीक उपहार दिइएको वडाअध्यक्ष अर्यालको भनाई छ ।

उपहार हस्तान्तरण कार्यक्रममा विद्यालयमा ४३ वर्ष शिक्षकका रुपमा अवकाश भएका नरहरी नन्दन उप्रेती, वडासदस्य हिरा बहादुर प्रजा, वडा सचिव दिपेश महत्तो लगायतले बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रम महेन्द्रज्योती माविका सहायक प्रधानाध्यापक विदुर थापाको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img