सुनसरी / इटहरी उपमहानगरपालिकाले बोडिङका होस्टेल अनुगमन गरेको छ । होस्टेल अनुगमन गर्ने क्रममा इटहरी वडा नम्बर ४ स्थित सेकेन्डरी बाेर्डिङ स्कुलको हाेस्टेलमा मोरङ बेलबारी नगरपालिका लालभित्तीका १३ वर्षीय जेनिस श्रेष्ठ हिजो सोमबार बिहान मृत्यु भएपछि सेकेन्डरी बाेर्डिङको होस्टेल इटहरी उपमहानगरपालिकाले ताला लगाएको छ ।
उक्त बोर्डिङले होस्टेल चलाउनको लागि अनुमतिसमेत नलिएको र अनुसन्धान गर्दा निर्धारित मापदण्डहरु पुरा नभएको भन्दै होस्टल बन्द गराएको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए । सेकेन्डरी माध्यमिक विद्यालयको किचन साँघुरो ठाउँमा पर्खाल र भित्तामा जालो लागेको अवस्था भेटिएको थियोे । विद्यालयले लिने शुल्कका विषयमा धेरै गुनासा आएपछि आइरहेकोले सो विषयमासमेत अनुगमन गरिएको थियोे ।
इटहरी उपमहानगरपालिकाले एक सामुदायिक विद्यालय र चार संस्थागत विद्यालय अनुगमन गरेको हो । इटहरी वडा नम्बर ४ स्थित सेकेन्डरी बाेर्डिङ स्कुल , इटहरी -६ को पिसजोन आवासीय माध्यमिक विद्यालय, इटहरी -७ को मोर्डन प्रिपेटरी माध्यमिक विद्यालय, इटहरी ९ को ग्रिनपिस माध्यमिक विद्यालय र इटहरी – १९ शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा अनुगमन गरिएको हो ।
सो विद्यालयहरूमा किचन , खाद्य सामान , छात्रावास अनुगमन गरेको थियोे । अनुगमनका क्रममा पिसजोन, मोर्डन प्रिपेटरी, ग्रिनपिस र शहीद स्मृति आवासीय माध्यमिक विद्यालयको छात्रावास अनुगमन गर्दा केही सुधार गर्नुपर्ने विद्यालयमा सुझाव समेत दिइएको हो ।
सहित स्मृति आवासीय माध्यमिक विद्यालयमा निजि भन्दा व्यक्तिगत विद्यालयमा होस्टेलमा २ सय जना विद्यार्थी रहेका छन् । इटहरी -१९ को सामुदायिक सहित स्मृति विद्यालयमा आगामी वर्षको बजेटमा ३ करोड अनुदान दिएको मेयर पौडेलले बताए ।
इटहरी उपमहानगरपालिका भित्र छात्रवास सञ्चालन गर्न मापदण्ड पूरा गरि इटहरी उपमहानगरको शिक्षा महाशाखाबाट अनुमती लिनुपर्ने र छात्रवासमा बस्ने विद्यार्थीहरुको विस्तृत विवरण पेश गरी पाँच बर्ष मुनिका बालबालिकालाई छात्रवासमा राख्न नपाईने व्यवस्था उपमहानगरले ल्याएको हो ।
अनुगमनमा प्रमुख हेमकर्ण पौडेल , उपप्रमुख संगीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेता, शिक्षा शाखाका फाल्गुनी काफ्ले,खाद्यका कर्मचारी , इलाका प्रहरी कार्यलय इटहरी लगायत टोलीले विद्यालयहरूमा अनुगमन गरेका थिए ।