Saturday, July 19, 2025
समाज४० यात्रु सवार बस दुर्घटना

४० यात्रु सवार बस दुर्घटना

spot_img

चितवन: चितवनमा सडकबाट बस खस्दा १९ जना यात्रुहरु घाइते भएका छन्।

बिहान सवा ५ बजेतिर नारायणगढ-मुग्लिन सडक खण्डको दासढुङ्गा नजिकै काकडभिट्टाबाट काठमाण्डौतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट खसेको हो।

- Advertisement -

करिब १० मिटर तल खसेपछि बस रुखमा अड्किएको थियो। बसमा सवार चालक सहित ४० जनामध्ये १९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।

घाइतेमध्ये २ जना भारतको सिलगुडीका छन्। उनीहरुको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ। डिएसपी पण्डितले सबै घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img