फिचरहेटौँडा अस्पतालका २१४ जना कर्मचारीको पद आजदेखी रिक्त हुदै, के होला सेवा...

हेटौँडा अस्पतालका २१४ जना कर्मचारीको पद आजदेखी रिक्त हुदै, के होला सेवा प्रवाह ?

मकवानपुर: बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालका २१४ जना कर्मचारीको पद आजदेखी रिक्त हुदैछ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहेको हेटौँडा अस्पतालको गत असार ३ गते कर्मचारीको असार ३१ गते पछी पदमुक्त हुने भन्दै प्रतिष्ठानले सुचना प्रकाशन गरे अनुसार आज राति १२ बजे देखी अस्पतालका २१४ जना कर्मचारी पदमुक्त हुदैछन् ।

१५ जना एबिबिएस डाक्टर, एक जना आयुर्वेदिक चिकित्सक, १०३ जना नर्स, फार्मेसिष्ट, रेडियोलोजिष्ट, ल्याब टेक्निसियन लगायत प्राविधिक कर्मचारी, २५ जना प्रशासन तर्फ कार्यरत कर्मचारी, त्यसैगरीटेन्डरबाट अस्पताल सरसफाईमा ३५ र सुरक्षाका लागि खटाइएका २५ जना कर्मचारी को पद रिक्त हुने भएपछी दैनिक हजार देखी १५ सयको हाराहारीमा सेवा दिने अस्पतालको सेवा प्रवाहमा समास्या आउने सहजै अनुमान गर्न सकिन्छ ।

के होला सेवा प्रवाह ?

प्रदेश सरकारले केही कर्मचारी थपका लागि बजेट बिनियोजन गरेको बताउदै पदमुक्त हुने मध्ये १३० जनाको हाराहारीमा कर्मचारी पुन: नियुक्त गरिने अर्थोपेडिक्स सर्जन तथा मेडिकल सुपरइन्टेन्डेन्ट डा. रामचन्द्र सापकोटाले दाबि गरे । अस्पतालमा भोलीबाट प्रवाह हुने सेवामा अबरुद्ध नहुने तरिकाले ब्यावस्थापनको तयारी गरेको उनले बताए । आफुले भित्री समन्वयमा समस्या हल गर्ने उपाए निकालेको उनको भनाई थियो । कुनै पनि कर्मचारी कटौती गर्ने इच्छा नभएता पनि बजेट अभावका कारण कर्मचारी कटौती गर्नु परेको गुनासो उनले सुनाए ।

बागमती प्रदेश सरकारले प्रतिष्ठानका लागी चालु आर्थिक वर्ष २०८०।०८१ का लागि चालु आर्थिक बर्ष भन्दा कम बजेट विनियोजन गरेपछि बजेट अभावका कारण देखाउँदै प्रतिष्ठानले कर्मचारी कटौतीको घोषणा गरेको हो । प्रतिष्ठानले आगामी आर्थिक वर्षमा तलब भत्ता वितरणमै समस्या हुने भएपछि कर्मचारी हटाउँनु परेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार एवं हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले बताए । कर्मचारी कटौती नै भएपनी सेवा बिस्तारमा असहजता रहेपनी अबरुद्ध हुने अवस्था नरहेको उनले बताए । बजेट बिनियोजन गर्दा राजनितिक चस्माबाट हेरीएको उनको आरोप छ । कर्मचारी कटौती गर्ने अवस्था श्रीजना नहोस भनि १ महिना सम्म मन्त्रालय धाएतापनि सुनुवाई नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img