समाजमध्यरातमा हेटौडा बसपार्कबाट होटल संचालकसहित ७ युवती पक्राउ

मध्यरातमा हेटौडा बसपार्कबाट होटल संचालकसहित ७ युवती पक्राउ

मकवानपुर:  मकवानपुर प्रहरीले हेटौंडा–१० बसपार्क टिसिएनमा रहेको एसियन गेष्ट हाउस एण्ड रेष्टुरेन्टबाट होटल सञ्चालसहित ८ जनालाई पक्राउ गरेको छ ।

गएराति गेष्ट हाउसमा हो–हल्ला भएपछि त्यहाँका स्थानीयले प्रहरी बोलाएर घटनाका बारेमा जानकारी गराएका थिए । गेष्ट हाउसमा हो–हल्ला गरेर लफडा गरेको भन्दै उजुरी परेपछि सञ्चालक श्रेष्ठ र ७ जना युवतीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले बताए ।

गएराति १२ः४५ बजे गेष्ट हाउसमा प्रहरी पुगेको थियो । उनीहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img