Saturday, February 15, 2025
समाजबालश्रम गराउने पुर्व प्रहरी सहित ११ जना कारबाहीमा, १८ बालबालिकाको उद्दार

बालश्रम गराउने पुर्व प्रहरी सहित ११ जना कारबाहीमा, १८ बालबालिकाको उद्दार

मकवानपुर: मकवानपुरमा बालश्रम गराउने पुर्व प्रहरी सहित ११ जना कारबाहीमा परेका छन् । श्रम तथा रोजगार कार्यालय हेटौँडाले गत आर्थिक बर्ष २०७९/८० को अवधिमा बालश्रम गराउने पुर्व प्रहरी निर्मल थापा सहित ११ जनालाई कारबाही गरिएको जनाएको छ ।

निर्मल थापाले बालश्रम गराएको कसुरमा कार्यालयलाई ५ हजार जरिवाना र बालिकालाई ६ महिनाको पारिश्रमिक बापत ९० हजार बुझाएको कार्यालयले जनाएको छ ।

श्रम तथा रोजगार कार्यालय हेटौँडाले बालश्रम गराउने अर्जुन नगरकोटीको ट्याक्टरबाट ७, ‘७८६ वर्कसप’बाट एक, समिर अटो वर्कसपबाट एक, रुस्तम ब्याट्री वर्कसपबाट एक, होटल सैलुङबाट एक, कुटानीपिसानी मिलबाट एक, होटल डाफेबाट एक, महोमद स्किम चिया पसल बाट २ गरि १५ बालकको उद्दार गरेको छ ।

त्यस्तै होटल गण्डकीबाट एक बालिका, होटल धादिङबाट १ बालिका, र पुर्व प्रहरी निर्मल थापाको घरबाट एक गरी जम्मा ३ जना बालिकाको उद्दार गरिएको श्रम तथा रोजगार कार्यालय हेटौँडाका सुचना अधिकारी भिम प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार बालश्रम गराउने ११ जनालाई बालबालिकाको अवस्था हेरी जरिवाना र पारिश्रमिक तोकिएको र उक्त कारबाहीबाट कार्यालयले ४४ हजार रूपयाँको राजस्व संकलन गरेको छ ।

हेटौँडा उपमहानगरपालिका, सिभिल नेपाल र श्रम तथा रोजगार कार्यालय हेटौँडाको समन्वयमा बालबालिका उद्दार कार्य थप प्रभावकारी भैरहेको समेत उनले बताए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img