Sunday, February 16, 2025
समाजगत बर्ष मकवानपुरमा सवारी दुर्घटना परि ६१ जनाको ज्यान गयो

गत बर्ष मकवानपुरमा सवारी दुर्घटना परि ६१ जनाको ज्यान गयो

४७ हजार ८९९ सवारी कारबाहीमा, ३ करोड ६९ लाख राजस्व संकलन

मकवानपुर: मकवानपुर जिल्लामा आथिक वर्ष २०७८/७९को तुलनामा गत आर्थिक वर्ष सवारी दुर्घटनाका केही न्यूनिकरण भएको पाईएको छ । २०७८/७९को तुलनामा गत बर्ष २६ प्रतिशतले दुर्घटना कम भएको हो।

मकवानपुर जिल्लामा गत आर्थिक वर्ष २०७९/८० मा सवारी दुर्घटनामा परि ६१ जनाको मृत्यु भएको थियो । गत आर्थिक बर्षको श्रावण देखी असार सम्म सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६१ रहेको थियो । जसमा  ५१ जना पुरुष, ९ जना महिला र १ जना बालक रहेको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परि २०५ जना गम्भीर घाईते भएका थिए भने ४०६ जना सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।  गत बर्ष सवारी दुर्घटनामा २ करोड ५७ लाख ७६ हजारको सवारी  क्षती भएको छ । मकवानपुरमा गत बर्षमा १ सय ८७ वटा मोटरसाइकल, ५१ वटा (जिप, कार भ्यान), ४८ वटा ट्रक, ३३ वटा वस, १६ वटा टेम्पो, ११ वटा ट्याक्टर, ७ वटा टिपर र अन्य १० गरि ३ सय ६३ सवारी दुर्घटना भएको थियो ।

३ करोड ६९ लाख राजस्व संकलन

जिल्ला ट्राफिक कार्यालय मकवानपुरले आर्थिक बर्ष २०७८/७९ को तुलनामा गत आर्थिक बर्ष २०७९/८०मा ३६ प्रतिशत बढी राजस्व रकम संकलन गरेको छ । कार्यालय आर्थिक बर्ष २०७९/८०मा ३ करोड ६९ लाख ६७ हजार ७ सय रुपयाँ राजस्व संकलन गरेको छ ।  बिभिन्न १२ शीर्षकमा राजस्व संकलन गर्दा आर्थिक बर्ष २०७९/८०मा ३ करोड ६९ लाख ६७ हजार ७ सय रुपयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।

तथ्यांक अनुसार आर्थिक बर्ष २०७८/७९मा कार्यालयमा २ करोड २६ लाख ९० हजार ५ सय रूपयाँ राजस्व संकलन गरेको थियो ।

४७ हजार ८९९ सवारी कारबाहीमा

आर्थिक बर्ष २०७९/८० मा मकवानपुर जिल्लामा ४७ हजार ८९९ सवारी कारबाहीमा परेका छन् ।  जिल्ला ट्राफिक कार्यालय मकवानपुरका सुचना अधिकारी निराजन ढकालका अनुसार गत बर्ष ९ हजार ३ सय ९ वटा ट्रक, ५ हजार ३ सय ९३ वटा बस,  १० हजार १ सय १२ वटा कार,जिप,भ्यान, १ हजार ६ सय ४४ टेक्टर, १३ हजार ३ सय ३२ मोटरसाइकल र ८ हजार १ सय १४ टेम्पो गरि जम्मा ४७ हजार ८९९ सवारी कारबाहीमा परेका हुन्।

यस बर्ष कागजपत्र साथमा नभएको कसुरमा १२ हजार ४१ सवारी कारबाहीमा परेका छन् भने रुट प्रमित नभएका ६ हजार ८ सय ७ सवारीसाधनलाई प्रहरीले कारबाही गरको छ ।  सिटबेल्ट/हेलमेल नलगाएको कसुरमा ६ हजार ५ सय ६८ जना चालक कारबाहीमा परेको कार्यालय जनाएको छ ।

त्यस्तै मापसे गरेर सवारी चलाउने आर्थिक बर्ष ७९/७९ भन्दा बढेको पाईएको छ । ७८/७९मा मापसे गरेर सवारी चलाउने २ सय ३४ रहेको थियो भने गत आथिक बर्ष ७९/८० मा ४ सय ३५ रहेको कार्यालयको तथ्यांकमा देखिएको छ । आर्थिक बर्ष ७८/७९मा छटमा यात्रु राखी सवारी चलाएको कसुरमा ४५० सवारीसाधनलाई कारबाही गरिएको थियो भने गत आर्थिक वर्ष त्यो संख्या सून्य रहेको छ ।

त्यस्तै गत आर्थिक बर्ष सिट क्षेमता भन्दा बढी यात्रु बोक्ने २ हजार ८ सय ९९ सवारी कारबाहीमा परेका छन् । तीब्रगतिमा सवारी चलाएको भन्दै प्रहरीले ४९० सवारीसाधनलाई कारबाही गरेको छ । गत आर्थिक बर्षमा असार महिनामा सबैभन्दा धेरै सवारीलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला ट्राफिक कार्यालय मकवानपुरले गत आर्थिक बर्षमा ३ सय ३९ वटा ट्राफिक समबन्धमा जनचेतना मुलक कार्यक्रम संचालन गरेको थियो जसमा २९ हजार ७ सय ६३ चालक लाभ लिएका थिए ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन ४ गते आइतबारको भाग्यफल

spot_img