Thursday, July 17, 2025
समाजकैलाश मानसरोवर दर्शन गरि फर्कने क्रममा एक नेपाली महिलाको मृत्यु

कैलाश मानसरोवर दर्शन गरि फर्कने क्रममा एक नेपाली महिलाको मृत्यु

spot_img

मकवानपुर | पोखरा महानगरपालिका–५ की ६२ वर्षीया महिला विष्णुकुमारी दवाडी र श्रीमान् ईश्वरी प्रा. दवाडीको चीनको कैलाश मानसरोवरको धार्मिक यात्रा पीडादायी भएको छ । कैलाश मानसरोवर दर्शन गरि साउन ४ गते फर्किने क्रममा विष्णुकुमारी दवाडीको चीनको केरुङमा स्वास्थ्य समस्याको कारण दुःखद घटना भएको प्रदेश प्रहरी कार्यालय, बागमती प्रदेशले पूष्टि गरेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि विष्णुकुमारी दवाडीलाई उपचारका लागि केरुङस्थित अस्पतालकामा लागिएको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

विष्णुकुमारी दवाडीको शव पोस्टमार्टम र अन्य आवश्यक औपचारिकताका लागि पोखराको गण्डकी अस्पतालमा ल्याइएको छ । उनको असामयिक निधनको खबरले उनको परिवार, साथीभाइ र स्थानीय समुदाय शोकमा डुबेको छ।

कैलाश मानसरोवर यात्रा धेरै हिन्दूहरूको लागि एक पवित्र तीर्थस्थल मानिन्छ, र नेपालका विभिन्न भागबाट भक्तहरूले यो यात्रालाई अपार विश्वास र भक्तिका साथ गर्छन्। दुर्भाग्यवश, विष्णुकुमारी दवाडीको जीवनको दुखद क्षतिले यस वर्षको तीर्थयात्रा प्रभावित भएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img