Friday, February 7, 2025
समाजमकवानपुरमा राहदानी लिनेको संख्या ह्वात्तै बढ्यो !

मकवानपुरमा राहदानी लिनेको संख्या ह्वात्तै बढ्यो !

१२ करोड २७ लाख ४२ हजार ७ सय ५० रुपयाँ राजस्व संकलन

मकवानपुर: मकवानपुर जिल्लामा राहदानी लिनेको संख्या बढेको पाईएको छ । आर्थिक बर्ष २०७८/७९को तुलनामा गत बर्षमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले २३० प्रतिशत भन्दा धेरै राहदानी वितरण गरेको जनाएको  छ  ।

गत बर्ष २०७९/८०मा मकवानपुरमा २३ हजार ३ सय ८३ जनाले दिएको आबेदन मध्ये २१ हजार ६ सय जनाले राहदानीको प्रमाण पत्र प्राप्त गरेका छन् । आर्थिक बर्ष  २०७८/७९ मा राहदानीको लागि आवेदन दिने ६ हजार ९ सय ४७ रहेका थिए जसमा ६ हजार ५ सय ३२ जनालाई राहदानी वितरण गरिएको थियो भने ४ सय १५ जनालाई वितरण गर्न बाँकी रहेको थियो  ।  गत बर्ष २०७९/८०मा भने १६ सय ५१ जनाको राहदानी वितरण गर्न बाँकी रहेको कार्यालयले जनाएको छ ।

यस्तै कार्यालयले राहदानी दस्तुर मार्फत १२ करोड २७ लाख ४२ हजार ७ सय ५० रुपयाँ राजस्व संकलन गरेको छ । उक्त रकम आर्थिक बर्ष २०७८/७९को तुलनामा १०६ प्रतिशत भन्दा धेरै हो ।

गत बर्ष मकवानपुरबाट बंशजको आधारमा नागरिकता लिनेको संख्या १५ हजार ३२ पुगेको छ ।  जसमा ७ हजार ६४ पुरुष र ७ हजार ९६८ महिला रहेको कार्यालयले जनाएको छ ।  त्यस्तै बैबाहिक अंगिकृत नागरिकता लिनेको संख्या २२ रहेको छ भने जन्मको आधारमा नेपालि नागरिकता प्रदान गरको नागरिकको १ सय १२ सन्तानलाई  बंशजको आधारमा नागरिकता प्रदान गरिएको छ ।

नागरिकता वितरणमा बृद्धि हुनुका साथै राष्ट्रिय परिचयपत्र जारी गर्ने कार्यमा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा ७५ प्रतिशतले कमी आए पनि कार्यालयले गत वर्ष २०७९/०८० मा २९ हजार ३०८ व्यक्तिबाट राष्ट्रिय परिचयपत्रका लागिआवेदनको विवरण सङ्कलन गरेको छ ।

 

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस