Sunday, February 16, 2025
समाज५ वर्षीय बालिका जबरजस्ती करणीपछि हत्या गरेर फरार राई २० वर्षपछि पक्राउ

५ वर्षीय बालिका जबरजस्ती करणीपछि हत्या गरेर फरार राई २० वर्षपछि पक्राउ

हेटौंडाः ५ वर्षीय नाबालिकालाई जबरजस्ती करणीपछि हत्या गरेर फरार रहेका हेटौंडा-११, सिमलटारका ४५ वर्षीय सोम बहादुर राईलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । राईलाई शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले ललितपुर जिल्लाको गोदावरी नगरपालिका-१४ बाट पक्राउ गरिएको हो ।

२०६० साल असोज १८ गते हेटौंडा-११, सिमलटारका प्रेम बहादुर थापा क्षेत्रीको ५ वर्षीय नाबालिका छोरीलाई राईले जबरजस्ती करणीपछि हत्या गरेका थिए । नाबालिकाको शव भोलिपल्ट हेटौंडा-१० स्थित राप्ती खोलामा ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको थियो । राईलाई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

फागुन ४ गते आइतबारको भाग्यफल

spot_img