पर्यटनइटहरीको पर्यटकीय क्षेत्र भान्से पोखरी प्रचार प्रसारको अभागमा

इटहरीको पर्यटकीय क्षेत्र भान्से पोखरी प्रचार प्रसारको अभागमा

सुनसरी / इटहरी वडा नम्बर १८ मा रहेको भान्से पोखरी प्रचार प्रचार नभएकाले पर्यटकको कमिले गर्दा संरक्षणको अभावमा रहेको छ ।

भान्से पोखरी पुग्न इटहरी पश्चिम लाइनमा रहेको सशस्त्र प्रहरी बलको कोशी प्रदेशको मुख्यालयबाट पश्चिमतर्फको सडकमार्ग हुँर्दै १५ मिनेटको सवारीमा इटहरीको भान्से पोखरी पुग्न सकिन्छ । भान्से पोखरी र रानी पोखरी बिच धार्मिक सम्बन्ध रहेको छ ।

धेरै वर्ष अगाडि जङ्गलको विचमा रहेको पोखरी मानव बस्ती बस्ने क्रममा जङ्गल फाड्दै गएर, मानव बस्ति बसेको हो । धेरैवर्ष अघि पोखरीको एक छेउबाट देउता रानी पोखरी तर्फ आउन जाने गरेको बाटोमा अन्नबाली पनि नभएको धार्मिक विस्वास रहेको स्थानिय हरिनारायण चौधरीले बताए ।

झन्डै पाँच बिगाहा क्षेत्रफलमा फैलिएको आकर्षक पोखरी नजिकै शिवालय मन्दिर बनाइएको छ । प्राकृतिक अनि स्थानीय थारु संस्कृति बुझ्न यो पोखरीको यात्रा स्मरणिय हुनसक्छ ।

राम्रो माछा उत्पादन हुने भएकाले इटहरी उपमहानगरपालिकाले माछा उत्पादन गर्न ५ वर्षका लागि ठेक्का दिने गरेको छ । पोखरी वरीपरी स्थानिय बासिन्दाको बसोवास पनि रहेकाले वर्षाको समयमा पोखरीमा पानीको वहाव बढ्ने हुनेले पोखरी वरपरीको ठाँउ समेत भत्किएको हुदाँ स्थानिय बासिन्दा समस्यमा परेको लङ्क बहादुर खत्री दाहाल गुनासो गर्छन ।

ठेक्काबाट उठेको रकम पोखरीको स्तर उन्नति गरिदीने हो भने, पोखरीको स्तरउन्नति चाडै हुने गरिदिए धरान तर्फ सडक जोडेर धेरै भन्दा धेरै प्रर्यटक भित्र्याउन सकिने स्थानिय बताउछन् ।

स्थानीय सरकारले भान्से पोखरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेर बजेट विनियोजन गरि थप पर्यटन भित्र्याउन थालि वर्षाको समयमा उक्त पोखरीमा पानी बढि हुने भएकाले निकासा गरि वरपरका स्थानीयलाई बाढिको जोखिममा नराखिने इटहरी वडा नं. १८ का वडा अध्यक्ष रामकुमार चौधरीले बताए । भान्से पोखरीबाट हुने समस्या वडा र नगरको पहलमा समाधान गर्ने इटहरी वडा नं. १८ का वडा अध्यक्ष चौधरीले बताए ।

स्थानीय सरकारले भान्से पोखरीलाई पर्यटकीय क्षेत्र घोषण गरे पनि यहाँ पर्यटकको चहलपहल भने देखिदैन । पोखरीको ओरिपरीको बाधमा पर्खाल लगाइ गेरावारा गरि प्रचार प्रसार गर्ने हो भने पर्यटन भित्र्याउन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img