Friday, February 7, 2025
समाजहेटौंडाको पारिजातपथको "खाल्डोमा माटो"

हेटौंडाको पारिजातपथको “खाल्डोमा माटो”

मकवानपुर: हेटौँडा बजारक्षेत्रमा रहेको स्कुलरोडचोकदेखि शितलमहलचोकसम्मको पारिजातपथ सडकको खाल्डाखुल्डी माटोले पुरिएको छ । हेटौँडा उपमहानगरपालिकाले बिहिबार अस्थाई सहजताको लागि उक्त सडकखण्डमा रहेका खाल्डाहरुमा माटो हालेर पुरेको हो ।

उक्त क्षेत्रमा धेरै समयदेखि सडकमा खाल्डाखुल्डी भएर दुर्घटनाको जोखिम बढेको थियो ।

सम्बन्धित निकायमा पटक–पटक खबरदारी र ध्यानाकर्षण गराउँदा पनि सरोकारवाला निकायले काम नगरेपछि दुई महिना अगाडि विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनले पारिजातपथ सडकका खाल्डाखुल्डीमा बालुव राखेर पुरेका थिए । बालुवा राखेको केही दिनमै पानीले बगाएर सडक उस्तै अवस्थामा परिणत भएको थियो । अहिले सोही क्षेत्रमा उपमहानगरपालिकाले माटो हालेर पुरेको छ ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस