मकवानपुर: मकवानपुरमा बुधबार घटेका दुई सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् ।
बुधवार बिहान धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका -५ तिनतलेमा हेटौडा बाट छतिवन तर्फ जादै गरेको ना १ घ ५४४ नम्बरको दुध बोक्ने खाली ट्यांकर आफै अनियन्त्रि भई दुर्घटना हुदा चालक हेटौंडा-९ बस्ने ३४ वर्षका सिद्धान्त लामाको मृत्यु भएको हो ।
सडकबाट १०० मिटर तल खोल्सामा खसी दुर्घटना भएको ट्याङकरबाट उद्दार गरी अस्पताल पठाईएका लामाको हेटौंडा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
त्यस्तै, पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९, सान्नानिटारमा मनहरीबाट हेटौँडा जाँदै गरेको ना १ ज ३१६७ नम्बरको म्याजिक भ्यानलाई सोहि दिशाबाट हेटांँडातर्फ जाँदै गरेको ना ५ ख ९६८४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर ९ जना घाईते भएका छन् ।
घाईतेहरुको उपचारका लागि हेटौँडा अस्पताल लगिएको प्रहरीले जनाएको छ । अवस्था गम्भीर रहेकोका एक जनालाई भने थप उचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको छ ।