Sunday, January 19, 2025
समाज७ जना घाइते लिएर सुर्खेत उड्यो प्रधानमन्त्री चढेको हेलिकप्टर

७ जना घाइते लिएर सुर्खेत उड्यो प्रधानमन्त्री चढेको हेलिकप्टर

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरबाट नै घाइतेहरुको उद्धार गरिएको छ । प्रधानमन्त्री प्रचण्ड सवार हेलिकप्टरले जाजरकोटको नलगाडबाट ७ जना घाइतेहरु र ७ जना कुरुवालाई लिएर सुर्खेत उडेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम (पश्चिम) र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि सुर्खेत फर्किएका हुन् । प्रधानमन्त्री सवार सेनाको हेलिकोप्टर घाइतेहरुलाई समेत राखेर सर्खेतका लागि उडेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img