Monday, January 13, 2025
समाजमकवानपुरमा बाघको आक्रमणबाट ४३ वर्षीय पौडेलको मृत्यु

मकवानपुरमा बाघको आक्रमणबाट ४३ वर्षीय पौडेलको मृत्यु

हेटौंडाः मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका वडा नम्बर ६ खयर घारी गाउँ नजिकै बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको राप्ती नगरपालिका–१, दुबी चौरका ४३ वर्षीय हरी पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार बिहान १० बजेर १५ मिनेटको समयमा उक्त गाउँदेखि २ किलोमिटर दक्षिणतर्फ रहेको राप्ती र लोथर खोलाको मध्यवर्ती क्षेत्र अन्तर्गत दोभानमा खर काट्न आएका पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

पौडेललाई जंगली बाघले आक्रमण गरी मारेको भन्ने खबर प्राप्त हुन साथ अनुशन्धान तथा मुचुल्काको लागि ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img