इटहरी / ट्याक्टरले च्यापेर सुनसरीको रामधुनी नगरपालिकाका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी १ बस्ने २६ वर्षीय विवेक चौधरी रहेका छन् ।
बिहीबार धरान उपमहानगरपालिका ५ देउराली स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ त ६३२५ नम्बरको ईट्टा लोड भएको ट्याक्टरको अगाडिको भाग अचानक पल्टिदाँ ट्याक्टरले च्यापेको थियो ।
ट्याक्टरले च्यापेर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।मृतक चौधरी ट्याक्टर चालक हुन् । खाल्डा ,खुल्डी सडक भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।