मकवानपुर: मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं.१३ बनस्पति बस्ने भक्त बहादुर भोम्जनलाई एउटा पत्र आउँछ..कि त घर खाली गर.. कि त भाडा दे । यो पत्र हेटौँडा—४ हुप्राचौर घर भएका ढुण्डीराज अधिकारीले पठाएको पत्र देखेर भोम्जन दंग पर्छन ।
भोम्जनले न अधिकारीलाई चिनेका छन् त न कहिले देखेको नै । तर पत्र आएपछि वास्तविक के हो भनेर श्रीमती भक्ति माया भोम्जनलाई सोध्छन् तर श्रीमतीलाई समेत कुनै जानकारी नभएको कुरा थाहा पाउछन् ।
श्रीमतीको नाममा दर्ता रहेको जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं.१३ स्थित कित्ता नं. ९२४९ को ज.बि. ०—०—६ धुर घडेरी रहेको जग्गामा बसोबास गरिरहेका थिए । भोम्जन कामको शिलशिलामा घर भन्दा बाहिर गएको मौका छोपि १२ धुर जंग्गामा बनेकोे ३ तीन कोठे घरलाई हेटौँडा—१३ बनस्पति निवासी चमेली माया मोक्तान र हेटाँैडा—८ बस्ने गंगाराज प्रधानले मालपोत कार्यालयसम्म जाउँ भनि ललाईफकाई लगि उक्त जग्गा पास गरी हेटौँडा—४ निवासी ढुण्डीराज अधिकारीलाई जम्मा ५ लाख ६० हजारमा २०७८÷०३÷२९ गते पास गराएको रहेछ । यो पास गरेको श्रीमतीलाई थाहा नभएको र मालपोत जाउ अलिअलि पैसा दिम्ला भनि लिएर आएका रहेछन् ।
त्यसो त जग्गा पास गरी लिएको रकम पनि दिएका रैनछ । मिटर ब्याजिको धन्दा चलाएर अपुत सम्पती कमाएका निज गंगाराज प्रधान र चमेलीले न त बेचेको जंगाको पैसा नै दियो न त ब्याज नै । सबै कुरा भोम्जनलाई पछि मात्रै थाहा भयो ।
उता घरसहितको जंगा कब्जा गर्ने उद्देश्यले छोरी निर्मला माया भोम्जनलाई समेत फकाईफुलाई गरि पैसा नएभको ८ लाखकोे चेक काट्न लगाई प्रमाण झुटाउने र पछि गएर यसैबाट अशुल्ने मनसायले चेक काट्छन् । विस्तार विस्तारै पैसा नदिएको भनि यहि खाली चेकको आधार देखाई गंगाराज प्रधानले जिल्ला अदालत मकवानपुरमा २०७९ सि ४—०१८२ को चेक अनादर मुद्दा दिई दुःख दिने काम गरेको भक्त बहादुर भोम्जनले बताउछन् ।
अनपढ भनि श्रीमतीलाई झुक्याई हाम्रो जग्गा र घर पास गरी लिने दिलाउने काम गरी हामीलार्ई ठूलो घात गरेको भन्दै आज पत्रकार सम्मेलनको आयोजना गरि दुःख पोखेका छन् ।
उनले भने,‘त्यो घडेरी जग्गा बाहेक अरु जग्गा र घर छैन् ।’ त्यति मात्रै हैन मेरो श्रीमतीको नाउँमा छुट्टै १२ र १३ लाखको लेनदेनको कागज समेत गराई राखेको भोम्जनले बताए । हामीले दिनु नपर्ने पैसा मागेर तनाव दिनुको साथै मुद्धा हालि अर्को पिडामा पिडा थप्ने काम गरिरहेको भन्दै गहभरि आशु पार्दै श्रीमती भक्ति माया भोम्जनले न्याय दिनको लागि आग्रह गर्नुभयो ।
उनले भने,‘यसै तनावको कारण घर परिवार पनि बिग्रिसकेकेको अवस्था छ । प्रहरीमा उजुरी गरौँ भन्दा हाम्रो बोल्ने कोहि छैन्, वडामा उजुरी गर्दा पनि सुनिँदैन ।’ जहाँ पनि साहु महाजनको मात्र कुरा सुन्छन,‘उनले थपे।
घरजंगा विक्रि वितरण भएको कुरा छोरा बिर बहादुर भोम्जनलाई समेत थाहा नभएको बताएका छन् । लामो समयपछि थाहा पाएपछि छोरा बिर बहादुरले राजिनामाको लिखित बदरको लागि अदालनमा फिराद पत्र दायर गरिराखेको बताए ।
उता घरछोड भनेर हेटौँडा उपमहानगरपालिका वडा नं. ४ निवासी ढुण्डीराज अधिकारीले मैले यो घर किनिसकेको छु भन्दै दिएको तनावले रातभर निन्द्रा लाग्दैन, कहाँ पो लुकेर बसौँ जस्तो लाग्छ,’ घर छोड कि त भाडा दे भन्दै गाली गर्छन यस्तो बोलिरहँदा लाग्छ, त्यहीबेला आत्महत्या गरौँ ।’ कस्ले न्याय देला भनेर भौतारी रहेको छु भक्त बहादुर भोम्जनले भने,‘मर्नुबाहेक अरू कुनै उपाय नै छैन मेरो अब । श्रीमतीको पनि रुदारुँदै ड्रिप्रेशनमा जालिन भन्ने डर लागिरहेको छ ।’
त्यहि माथी छोरी निर्मला माया भोम्जनको समेत पति मृत्यू भएको कारण दुई जना नाबालक छोरीहरु समेत मेरो घरमा बसिरहेकी छिन् । मैले यी नानीबाबुहरुलाई कहाँ लगेर राख्नु । उता यो तनावलाई सल्टाउनको लागि छोरी रोजगारीको लागि विगत १७ महिनादेखि विदेशमा छिन् । सानै उमेरमा विधुवा भईन् यस्तो एकल महिलालाई सहयोग गर्नुपर्ने ठाउँमा उल्टै मुद्धा हाल्ने यी गंगाराज प्रधान र चमेली मुक्तानलाई सजाएँ दिलाउन अनुरोध पत्रकारसंग अपिल गरे ।
मोक्तान र प्रधानको करणले क्रणको जालोमा,पिडित भन्छन्,‘मर्नु बाहेक मेरो उपाय छैन्’
यति मात्रै नभई हेटौडा—१३ बस्ने जयन्द्र घलानका परिवार समेत चमेली माया मोक्तान र गंगाराज प्रधानको करणले क्रणको जालोमा फसेका रहेछन् । चमेली माया मोक्तान र गंगाराजसंग सहकार्यमा आफ्नो भएको जग्गाको ५ गठ्ठा बन्दगी राखेर २०७४ साल बैशाख ५ गते ४ लाख रुपैया मासिक तीन प्रतिशत(मिटर ब्याज) दरमा क्रण लिएका थिए ।
जयन्द्र घलानले भने,‘ सो रकम तिर्न भनेर त्यहि जगगा सहितको बाँकीे जग्गा बेच्न लाग्दा मलाई पनि पैसा दिने हो भने म फिर्ता गर्छु नत्र गर्दिन भनेर हप्कीदप्की लगाएसी ५ गठ्ठा पनि गुम्ला कि भनेर मैले काम सल्टाउनको लागि भनेका थिएँ ।
घलानलाई उनीहरुले २० लाख दिनुस् म केहि दिनमै फिर्ता गर्छु जग्गा नि फिर्ता गर्छु भनेर जग्गा विक्रि भए पश्चात पैसा लियो । समय वित्तै गयो तर ब्याज त के साँवा समेत फिर्ता नएको घलानले बताए ।
उनले थप्नुभयो,‘धेरै पटक रकम फिर्ता गर्नुस् भनेर भन्याँै तर दिन्छु भनेको आज ६ बर्ष भयो । पटकपटक झुक्याईरहेको छ,अहिले सम्म हातमा परेको छैन्।’
त्यसपछि एक पटक ब्याज स्वरुप भनेर नगद ५० हजार र १५ हजार त्यसैगरि केहि समयपछि ४५ हजार र २० हजार गरि जम्मा हाल सम्म १ लाख ३० हजार दिएको घलानको छोरा अशोक घलानले बताए । धेरैपछि हारगुहार गर्दा प्रधान र मोक्तानले दशैँ खर्च भनेर रासन र कपडा २ बर्ष अगाडि पठाएको बताए ।
…..दुई बर्ष पुग्न लागि सक्यो अरु रकम पाएको छैन् । मेरो घर, ऋणमा लिएको गाडी र अलि अलि भएको जग्गा पनि हिनामिना भई सक्यो घलानले भने । अब मेरो बाँच्ने आधार भनेको केही नै नभएसी पत्रकारहरु सामु आएको बताए । उनले यस्ता अपराधीलाई अरु कसैले अपराधको कठघरामा ल्याउन नसक्ने र पत्रकारले मात्रै सक्ने मैले बुझेको भन्दै सहयोग गरिदिनुहुन आग्रह समेत गरे । यी दुई त केहि उदाहरण मात्रै हुन् दर्जनौ पिडितहरुले न्यायको लागि अपिल समेत गरेका छन् ।