Thursday, January 23, 2025
समाजसंखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु

संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु

सुनसरी / संखुवासभामा मोटरसाइकल दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ ।

संखुवासभाको धर्मदेवी नगरपालिका ८ पिलुवा खोला नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

संखुवासभाबाट धनकुटातर्फ आउँदै गरेको को २३ प ३५४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पछाडि सवार धनकुटाको महालक्ष्मी नगरपालिका ६ बाँसपानीका अन्दाजी ४५ वर्षीय सीताराम तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा महालक्ष्मी ५ ज्यामिरेका मोटरसाइकल चालक विकास राई घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।maadi 742x1024 1

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस

spot_img