Monday, January 13, 2025
समाजभोजपुर जिल्लामा पूर्ण सरसफाईको दोश्रो चरणको अभियानको शुरुआत

भोजपुर जिल्लामा पूर्ण सरसफाईको दोश्रो चरणको अभियानको शुरुआत

सुनसरी / भोजपुर जिल्लामा पूर्ण सरसफाईको दोश्रो चरणको अभियानको शुरुआत गरिएको छ । यसअघि खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको भएपनि सरसफाइको थप निरन्तरताका लागि दोश्रो चरणको काम थालनी गरिएको हो ।

यस वर्षबाट खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरले दोश्रो चरणको पूर्ण सरसफाई अभियान अघि बढाएको छ । सरसफाईको कार्यक्रमलाई निरन्तरता दिनको लागि स्थानीय तह तथा अन्य सरोकारवाला पक्षलाई पूर्ण सरसरफाई सम्वन्धि तालिम दिइएको छ । कार्यालयले विगतमा भएका कामको निरन्तरता स्वरुप पुनः सरसफाईको कार्यक्रम अघि बढाएको हो ।

खुल्ला दिशामुक्त भएपश्चात जिल्लाको सरसरफाईको अवस्थाको बारेमा स्थानीय तहसँगको सहकार्यमा आवश्यक तथ्याङ्क संकलन गरेर सोहि अनुरुप भावी कार्यक्रमलाई अघि बढाउने खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ शिंहले जानकारी दिए ।

कार्यालयले खानेपानी आयोजना सञ्चालन पूर्व स्थानीयको शौचालयको प्रयोगसँगै सरसफाईको अवस्थाको बारेमा आवश्यक सूचना संकलन गरिरहेको उहाँको भनाइ छ ।
11zon created GIF 1

वि.स. २०७६ असोज ४ गते भोजपुर पूर्ण खुल्ला दिशामुक्त घोषणा भएयता पहिलो पटक सरोकारवाला पक्षलाई समेटेर पूर्ण सरसफाईको कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । सरसफाई निरन्तर गरिने प्रक्रिया भएकाले पुनः अभियानलाई निरन्तरता दिन सरोकारवाला पक्षलाई तालिम दिइएको प्रमुख शिंहको भनाइ छ ।

यहाँका ८१ वटै वडाको सरसफाईको अवस्था बुझेर थप कार्यक्रम बढाउने लक्ष्य रहेको बताए ।जनताको सबै भन्दा महत्वपूर्ण पक्ष स्वास्थ्य र सरसफाई भएपनि राज्यले यसलाई कम प्राथमिकतामा राखेको प्रमुख शिंहले बताए ।

मानव जीवनको महत्वपूर्ण पक्ष सरसफाई रहेकोले यो विषयमा सवै पक्ष गम्भिर हुनुपर्ने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । जिल्लामा दोश्रो चरणमा शुरु भएको सरसफाईको अभियानलाई पूर्ण रुपमा कार्यान्वयनको लागि स्थानीय सरकार पनि जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।

 

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img