सुनसरी : धनकुटा नगरपालिकाले मंसिर ११ र १२ दुई दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
धनकुटा नगरपालिकामा मात्र बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वडाङ्गेट परेकोले नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा नगरपालिका क्षेत्र भित्रका नगरस्तरिय कार्यालय र विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नपाद्वारा जारी सुचनामा उल्लेख छ ।