सुनसरी : खोटाङ र तेह्रथुम जिल्लाको छुट्टाछुट्टै स्थानमा रुख काट्ने क्रममा रुखले किचेर दुई जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो तेह्रथुमको लालीगुराँस नगरपालिका ४ का ५४ बर्षीय धनबहादुर पौडेलले आफ्नै बारीमा रहेको उत्तिसको रुख काटेर डोरीले तान्ने क्रममा रुखले किच्दा मृत्यु भएको हो ।
रुखले किचेर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी खोटाङको जन्तेढुङ्गा गाउँपालिका ३ का ६३ वर्षीय दिर्पमान राईले घर बनाउनको लागि उत्तिसको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थालमा नै मृत्यु भएको हो ।
घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।