मकवानपुर: मकवानपुरको बिकट दुई गाउँपालिकामा एकै दिन ३४ बिगाहा १५ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरिएको छ ।
मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–६, नम्बर–८ मा २० बिगाहा १५ कठ्ठा र कैलाश गाउँपालिका वडा नम्बर–१, नम्बर–२ मा १४ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
मकवानपुरको बिकट गाउँमा लगाइएको गाँजा फडानी गर्नका लागि फेरी प्रहरी परिचालन गरिएको छ । अहिले मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा प्रहरी टोलीले गाँजा फडानी गरिरहेको छ ।
कैलाश गाउँपालिकामा प्रहरी निरीक्षकको कमान्डमा ५० जना र राक्सिराङ गाउँपालिकामा प्रहरी निरीक्षकको कमाण्डमा ५० जनाको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।