समाजझापामा पिकअपको ठक्करबाट सफारी चालकको मृत्यु, तीन घाइते

झापामा पिकअपको ठक्करबाट सफारी चालकको मृत्यु, तीन घाइते

झापा / झापाको गौरादह नगरपालिका २ स्थितमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

आज दिउँसो १२ बजे गौरादहस्थित गौरीगञ्ज सडकखण्डमा उतरबाट दक्षिणतर्फ जाँदै गरेको सिटी सफारीलाई सोही दिशातर्फ जाँदै गरेको पिकअप गाडीले ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा सिटी सफारी चालक स्थानीय ५२ वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएका सिटीमा सवार गौरादह ३ की ५५ वर्षीया रामा नेपाल र ४४ वर्षीया मेनुका भण्डारीको म्याडिम्याक्स अस्पताल गौरादहमा उपचार भइरहेको छ भने पिकअप चालक गौरीगञ्ज ८ का २६ वर्षीय राजेश महतोको दमक अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img