मकवानपुर: सञ्चार रजिस्ट्रारको कार्यालय बागमती प्रदेशले रामेछापको मन्थलीमा आयोजना गरेको पाँच दिने मोबाइल पत्रकारीता तालिम सम्मन्न भएको छ ।
बागमती प्रदेश अन्तर्गत क्रियाशील पत्रकारहरूको लागि लक्षित गरेर आयोजना गरिएको उक्त तालिम शनिवार बागमती प्रदेश सांसद युवराज चौलागाईंको प्रमुख आतिथ्ययता तथा सञ्चार रजिस्ट्रार बागमती प्रदेशका रजिस्ट्रार रेवती प्रसाद सापकोटाको सभापतित्वमा कार्यक्रम समापन गरिएको हो ।
समयको परिवर्तन सँगै आधुनिक प्रविधिको प्रयोग गरि नागरिकलाई सहि सूचना प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको रजिस्ट्रार सापकोटाले बताए ।
तालिमको समापनमा बोल्दै प्रदेश सांसद चौलागाईंले आधुनिक प्रविधिको कारण क्रियाशील क्षेत्रमा सबैको पहुँच भए तापनि उस्तै मात्रामा सञ्चार क्षेत्रमा दूषित हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।
कार्यक्रममा मोबाइलबाट अनलाइन सञ्चार माध्यममा समाचार प्रकाशित गर्ने तरिका लगायत इडिटिङ, समाचार र भिडियो सम्पादन तथा भिज्युअल स्टोरी टेलिङ सम्बन्धी स्क्रिप्टको विषयमा प्रशिक्षण दिइएको थियो । सीएमआर नेपाल पत्रकारिता प्रतिष्ठानका सञ्चालक निर्देशक तथा अन्नपूर्ण पोस्टका पूर्व फोटो सम्पादक विकाश कार्की र अनलाईन खबरका पत्रकार नासना श्रेष्ठले प्रशिक्षण दिएका हुन् ।
तालिममा प्रदेश भित्रका विभिन्न जिल्लाहरूबाट २५ जना सक्रिय पत्रकारहरूको सहभागिता रहेको थियो।



