Wednesday, January 15, 2025
समाजभोजपुरको दिङ्लामा मानव अधिकार शिक्षा बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न

भोजपुरको दिङ्लामा मानव अधिकार शिक्षा बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न

भोजपुर / भोजपुरको दिङ्लामा मानव अधिकार शिक्षा बिषयक एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मानव अधिकार संगठन जिल्ला शाखा भोजपुरको आयोजनामा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउपालिकालाई लक्षित गरि आयोजना गरिएको थियोे । कार्यक्रमलाई मानव अधिकारकर्मी डा.गोविन्द प्रसाद ढाकालले मानव अधिकारको बिषयमा सहजिकरण गर्नुभएको थियो ।

यस्तै अधिबक्ता नरेन्द्र खनालले मौलिक हक र कानुनी ब्यबस्थाको विषयमा प्रकास पार्नु भएको नेपाल मानव अधिकार संगठन जिल्ला शाखा भोजपुरका अध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिनु भयो ।

स्थानीय जनताहरुमा मानव अधिकार र कानुनी ब्यबस्थाको बारेमा जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको अध्यक्ष कार्कीको भनाई छ ।

जनता सङ्ग प्रत्यक्ष सरोकार राख्ने निकायहरुमा पनि कानुनी अस्पष्ठता रहेकोले दुबै पालिकाका जनप्रतिनिधी, कर्मचारि, प्रहरी, राजनैतिक दलका प्रतिनिधि लगायतलाई मानव अधिकारका विषयमा जानकारी गराइएको नेपाल मानव अधिकार संगठन जिल्ला शाखा भोजपुरका सचिव हरिकृष्ण ढकालले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै नगरपालिकाका उपमेयर प्रमिला राईले यस्ता कार्यक्रमहरु गाउ गाउसम्म पुर्याउन आवश्यक रहेको बताउनु भयो । षडानन्द नगरपालिकाको दिङ्ला बजार स्थित बहुउद्देश्यीय सभा हलमा भएको कार्यक्रममा ६० जना भन्दा धेरैको सहभागिता रहेको थियो ।IMG 20231216 195728

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img