Friday, May 16, 2025
समाजमृत्त भेटिएकी शालिनको ‘सुसाइड’ नोट फेला
spot_img

मृत्त भेटिएकी शालिनको ‘सुसाइड’ नोट फेला

spot_img

भरतपुर- चितवनको एक होस्टलमा १४ वर्षीया विद्यार्थिनी शालिन पोखरेल मृत फेला परेकी छिन्। उनी चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको कक्षा ८ मा अध्ययनरत थिइन्। गोरखाको अजिरकोट गाउँपालिका-५ की शालिन झण्डै २ वर्षदेखि उक्त होस्टलमा बस्दै आएकी थिइन्।

फागुन १२ गते उनी प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। यस घटनाको अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टल वार्डेनलाई नियन्त्रणमा लिएको छ।

शालिनले छाडेको भनिएको सुसाइड नोटबाट उनले “सरी एभ्रिबडी, सरी ममि ड्याड” लेखेको पाइएको छ। प्रहरीले नोटको फोरेन्सिक परीक्षण गरिरहेको छ। शालिनको शवको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ।

यस घटनामा शालिनको हत्या भएको भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गर्दै दोषीलाई कारबाहीको माग गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले केही विद्यार्थी नेतालाई पक्राउ गरेको छ। नेविसंघले दोषीलाई कारबाही नगरेसम्म आन्दोलन चर्काउने चेतावनी दिएको छ।

यस घटनाको अनुसन्धान जारी रहेकाले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र यसको पुष्टि हुनेछ। तर शालिनको मृत्यु दुर्घटना वा आत्महत्या हो भन्ने विषयमा शंका रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img