Monday, May 12, 2025
समाजआफू विरुद्धको मुद्दा फिर्ता भएपछि कँडेलले पनि महिलाविरुद्धको मुद्दा लिए फिर्ता
spot_img

आफू विरुद्धको मुद्दा फिर्ता भएपछि कँडेलले पनि महिलाविरुद्धको मुद्दा लिए फिर्ता

spot_img

काठमाडौं- लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको थियो। तर पीडित महिलाले नै उक्त मुद्दा फिर्ता लिएपछि कँडेलले पनि ती महिलाविरुद्ध दर्ता गरेको गाली बेइज्जतीको मुद्दा फिर्ता लिएका छन्।

इन्द्रेणी कार्यक्रममा कलाकार तथा कर्मचारीका रूपमा कार्यरत एक महिलाले आफूमाथि पटक-पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै गत फागुन १३ गते कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी थिइन्। महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग समेत गरेकी थिइन्।

तर अहिले ती पीडित महिलाले कँडेलसँग आफ्नो कुरा मिलेको भन्दै मुद्दा फिर्ता लिएकी छन्। पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि कँडेलले पनि ती महिलाविरुद्ध दर्ता गरेको गाली बेइज्जतीको मुद्दा फिर्ता लिएका हुन्।

यस घटनाले अदालतमा दर्ता भएका केही महत्वपूर्ण मुद्दाहरू पनि फिर्ता लिइने कुरालाई उजागर गरेको छ। दुवै पक्षबीच कुनै किसिमको सहमति भएपछि मुद्दा फिर्ता लिन सकिने देखिन्छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img