Monday, May 12, 2025
राजनीतिनयाँ मन्त्रीहरूको शपथ आज ५ बजे
spot_img

नयाँ मन्त्रीहरूको शपथ आज ५ बजे

spot_img

काठमाडौं- नवनियुक्त मन्त्रीहरूले बुधबार अपराह्न ५ बजे शपथ लिने भएका छन्। गत सोमबार तीन जना मन्त्रीले मात्र शपथ लिएका थिए। सत्ता गठबन्धनले मन्त्रालय बाँडफाँट मिलाएसँगै बाँकी मन्त्रीहरूको पनि शपथ हुने भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आज अपराह्न ५ बजे हुने जानकारी दिए। यसअघि सोमबार साँझ ३ जना मन्त्रीले शपथ लिएका थिए।

निवास शीतल निवासमा हुने शपथ समारोहमा नवनियुक्त मन्त्रीहरू सहभागी हुनेछन्। सत्तारुढ गठबन्धन दलहरूबीच मन्त्रीपरिषद विस्तार गर्ने र मन्त्रालयहरूको बाँडफाँड गरिसकेको छ।

यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद पूर्णता पाउनेछ। अब सबै मन्त्रीहरूले शपथग्रहण गरेपछि नवगठित मन्त्रिपरिषदको पहिलो बैठक आह्वान गरिनेछ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img