समाज१३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालक पक्राउ

१३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालक पक्राउ

काठमाडौँ । नाबालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरेको हो ।

बालिकालाई वेश्यावृत्तिमा लगाउने प्रयोजनका लागि फागुनदेखि डर र प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाउने गरेको प्रहरीले बताएको छ । प्रहरीले पक्राउ मगरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडाँै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेकोजानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img