Friday, February 14, 2025
समाजकाठमाडौं विश्वविद्यालयले 'साधारणीकरण सञ्चार-ढाँचाको दुई दशक' विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी गर्ने

काठमाडौं विश्वविद्यालयले ‘साधारणीकरण सञ्चार-ढाँचाको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी गर्ने

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले २० वर्षअघि प्रतिपादित सञ्चारको ‘साधारणीकरण ढाँचा’को दुई दशक पूरा भएका अवसरमा एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ  । दक्षिण एशियाली विश्वविद्यालय (नयाँ दिल्ली) का कुलपति प्रा.डा. के.के. अग्रवालको प्रमुख आथित्यमा विश्वविद्यालयको स्कुल अफ आर्ट्स्, हात्तिवन, ललितपुरमा आगामी जेठ १३ गते सङ्गोष्ठी हुने जनाईएको छ  । 

सङ्गोष्ठीका मुख्य वक्ता (कीनोट स्पीकर) अमेरिकाको हिलोस्थित हवाई विश्वविद्यालयका प्राध्यापक योशिताका माइक हुनेछन् भने सङ्गोष्ठीको उद्घाटन सत्रको अध्यक्षता काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले गर्ने जनाईएको छ  ।

गोष्ठीमा भारत, चीन, इण्डोनेसियालगायतका विश्वविद्यालयहरूबाट प्राध्यापकहरूको सहभागीता रहने छ । सङ्गोष्ठीका लागि केयूका सहप्राध्यापक डा. सुधांशु दाहालको संयोजकत्वमा मूल आयोजक समिति तथा विभिन्न १० वटा उपसमितिहरू गठन भई क्रियाशील रहेका छन्।

केयूका सहप्राध्यापक डा. निर्मलमणि अधिकारीले सन् २००३ मा प्रतिपादित ‘सञ्चारको साधारणीकरण ढाँचा’लाई दुई दशक पूरा भएको अवसरमा यो अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गरिएको हो। उक्त सञ्चार ढाँचा हाल विश्वका धेरै विश्वविद्यालयहरूमा औपचारिक पाठ्यक्रममा समावेश भएको छ भने यससम्बन्धि स्नातकोत्तर तथा विद्यावारिधि शोधार्थीहरूले पनि शोध अध्ययन गरिरहेका छन्।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

spot_img