Friday, July 18, 2025
समाजताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै घरका चारको मृत्यु, दुई जना घाइते

ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै घरका चारको मृत्यु, दुई जना घाइते

spot_img

ताप्लेजुङ | ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा बिहीबार राति आएको पहिरोमा परी एकै घरका चार जनाको ज्यान गएको छ । करिब २०० मिटर माथिबाट खसेको पहिरोले घर बगाउँदा गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बूका बुबा रामबहादुर साम्रा, आमा जसमाया लिवाङ र बहिनीहरू गंगा र जमुनाको मृत्यु भएको हो ।

बिहीबार राति १ः३० बजेतिर उनीहरू सुतिरहेको समयमा पहिरो गएको वडाध्यक्ष भूपेन्द्र चौलागाईंले जानकारी दिए । उपाध्यक्ष लिम्बू भने गाउँमै रहेको अर्को घरमा बस्दै आएका थिए । खेजेनिमकै गढिडाँडामा पहिरोले स्थानीय युगेन साम्राको घर पुर्दा उनी र उनी छोरी घाइते भएका छन् । दुवैलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको वडाध्यक्ष चौलागाईंले जानकारी दिएका छन् ।

- Advertisement -

फक्ताङलुङ गाउँपालिकामा विगत तीन दिनखेखि नै अविरल वर्षा भइरहेको उनले बताए । सिंवा प्रहरी चौकीबाट टोली घटनास्थलमा पुगिसकेको र तथ्याङ्क संकलनको काम भइरहेको जनाइएको छ । यसअघि सिसेवा र सिस्ने खोलामा आएको बाढीले बिहीबार चार वटा अस्थायी पुल तथा उत्तरतर्फ जोड्ने सडक अवरुद्ध बनाएको थियो ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img