Saturday, April 19, 2025
समाजमकवानपुरमा सवारी दुर्घटनामा ८६ वर्षीय वृद्धको मृत्यु
spot_img

मकवानपुरमा सवारी दुर्घटनामा ८६ वर्षीय वृद्धको मृत्यु

हेटौंडा | मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरी बलटोलमा भएको सवारी दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ। असार ५ गते अपराह्न करिब ३:३० बजे प्रदेश ३-०१-०२४ च ३९६७ नम्बरको योद्धा पिकअप गाडीले ब्याक गर्ने क्रममा ८६ वर्षीय सूर्य बहादुर थिङलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका थिङलाई तत्काल हेटौंडा अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारको लागि उनलाई पुरानो मेडिकल कलेज भरतपुर लगिएको थियो।

भरतपुरमा ५ दिन उपचार पश्चात् डिस्चार्ज भई घर फर्केका थिङको स्वास्थ्य अवस्था बिग्रिएपछि असार १७ गते पुनः हेटौंडा अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्‍याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटना गराउने गाडीका चालक ३२ वर्षीय संजय लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी चौकी पदमपोखरीले लामालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ।

घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img