समाजनुनको मूल्य बढ्यो

नुनको मूल्य बढ्यो

काठमाडौं | साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्यमा वृद्धि गरेको छ। मंगलबार बसेको साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्य बढाउने निर्णय गरेको छ। नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले यसको जानकारी दिएका छन्।

 २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुर्‍याइएको छ । थोक मूल्य प्रतिकिलो रहेको आयो नुनको अब थोक बिक्री मूल्य २३ रुपैयाँ पुर्‍याइएको छ । न्यु शक्ति नुनको भाउ किलोको थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ । भानु नुन किलो ९ रुपैयाँ पुगेको छ ।

राजभण्डारीका अनुसार मूल्य बढ्यो पनि, तर कम्पनीलाई अझै पनि घाटा छ। अघि नुनको प्रति केजी लागत २८ रुपैयाँ थियो, जुन १८.५० रुपैयाँमा बिक्री गरिएको थियो। अब थोक बिक्रीमा २३ रुपैयाँ तोकिएको छ। यस अवस्थामा कम्पनीलाई प्रति केजी ५ रुपैयाँ घाटा हुने उनले जानकारी दिएका छन्।

सरकारले जनतालाई सेवा गर्ने कारण नुनमा नाफा नखोजिएको उनको भनाइ छ। तर, यसमा बिस्तारै मूल्य समायोजन गर्दै घाटा चाहिँ नहुने अवस्थामा जाने योजना रहेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img