Thursday, December 12, 2024
समाजनागढुंगा–नौबिसे सडकखण्ड बुधबार र बिहीबार राती पूर्ण रुपमा बन्द हुने

नागढुंगा–नौबिसे सडकखण्ड बुधबार र बिहीबार राती पूर्ण रुपमा बन्द हुने

काठमाडौँ । त्रिभुवन राजमार्ग  (नागढुंगा–नौबिसे सडक खण्ड)  बुधबार र बिहीबार रातीको समयमा पूर्ण रुपमा बन्द हुने भएको  छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार एक सूचना जारी गर्दै  बुधबार र बिहीबार राति १० बजेदेखि बिहान ३ बजेसम्म उक्त क्षेत्रमा सवारी आवागमन पूर्ण रुपमा रोक लगाइने बताएको छ ।

नौबिसे खोलाको पुलमा काम  गर्न सहज बनाउनु साथै सडक प्रयोगकर्तालाई हुन सक्ने जोखिम तथा यातायात आवागमनमा समेत बाधा पर्न जाने देखिएकोले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई दिन उक्त क्षेत्रमा राति १० बजेदेखि बिहान ३ बजेसम्म सवारी आवागमनलाई रोक लगाएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

साथै यस समयमा एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनलाई भने रोक लगाइएको छैन । 
 

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img