देशकोशी प्रदेशमोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, १५ वर्षीय चालक नियन्त्रणमा

मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, १५ वर्षीय चालक नियन्त्रणमा

मोरङ | मोरङको सुनवर्षीमा मंगलबार राति एक दुर्खद मोटरसाइकल दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, दुर्घटनामा एक जना पुरुषको मृत्यु भएको छ।

प्रहरीका अनुसार, झपडतल–खिर्किडाँगी भित्री सडक खण्डमा राति ८ बजे को १ प ६३४८ नम्बरको मोटरसाइकलले सुनवर्षी नगरपालिका-६ का ५० वर्षीय सुरेन दासलाई ठक्कर दिएको हो ।

चौंकाउने कुरा के छ भने मोटरसाइकल चलाउने व्यक्ति १५ वर्षीय बालक रहेको खुलेको छ। पैदल हिँडिरहेका दासलाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।

प्रहरीले मोटरसाइकल र १५ वर्षीय चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img