Tuesday, June 17, 2025
समाजदाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

spot_img

दाङ | लमही नगरपालिका-६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा आज बिहान भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन्। देउपुर निवासी ४६ वर्षीया सहरी घर्ती जंगली च्याउ टिप्ने क्रममा भालुको आक्रमणमा परेकी हुन्।

घटना बिहान करिब साढे पाँच बजे भएको थियो। घर्तीको अनुहारमा गम्भीर चोट लागेको छ र दुवै हात भाँचिएको छ। उनलाई प्राथमिक उपचारका लागि लमही अस्पताल लगिएको र त्यसपछि थप उपचारको लागि बुटवल रेफर गरिएको छ।

-Ads-

सशस्त्र प्रहरी बल ४१ नं. रिजर्भ गण अर्जुन खोलाका प्रहरी नायब निरीक्षक प्रकाश ढकालका अनुसार, घर्ती चार-पाँच जनाको समूहमा च्याउ टिप्न जंगल गएकी थिइन्। उनका दुई साथीलाई भालुको नङ्ग्रा लागेको भए पनि भाग्न सफल भएका थिए।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img
spot_img