देशकोशी प्रदेशपौवादुङमा गाउँपालिकाले आफ्नो पालिका गान सार्वजनिक गर्‍यो

पौवादुङमा गाउँपालिकाले आफ्नो पालिका गान सार्वजनिक गर्‍यो

भोजपुर | भोजपुरको पौवादुङमा गाउँपालिकाले आफ्नो पालिका गान सार्वजनिक गरेको छ। शनिबार १५ औँ गाउँसभाका अवसरमा आयोजित विशेष कार्यक्रममा यो गान प्रस्तुत गरिएको हो।

पालिका अध्यक्ष किरण राईले गान सार्वजनिक गर्दै भने, “पौवादुङमा गाउँपालिकाको पौरख र गौरवलाई उजागर गर्ने गरी यो पालिका गान तयार पारिएको छ।” उनले थप जानकारी दिए कि साउन १ गतेदेखि पालिकाभित्रका सबै विद्यालय तथा सरकारी कार्यालयहरूमा राष्ट्रिय गानपछि अनिवार्य रूपमा यो पालिका गान बजाइनेछ।

गानको रचना जिचेन स्याङतानले गरेका हुन्, जसमा पौवादुङमाको प्राकृतिक सौन्दर्य, संस्कृति र इतिहासको वर्णन गरिएको छ। गानको सङ्गीत वसन्त मुकारुङले तयार पारेका छन् भने सङ्गीत संयोजन चाँद सिंहले गरेका छन्।

कार्यक्रममा गानका रचनाकार, सङ्गीतकार, गायक-गायिका र छनोट समितिका सदस्यहरूलाई सम्मान गरिएको थियो। साथै, पालिकाका उत्कृष्ट कर्मचारी र योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

यो पहल स्थानीय पहिचान र गौरवलाई बढावा दिने प्रयासको रूपमा हेरिएको छ। पालिका गानले पौवादुङमाको विशिष्ट संस्कृति, प्राकृतिक सम्पदा र जनताको पौरखलाई प्रतिबिम्बित गर्ने आशा गरिएको छ।

गाउँपालिकाको पालिका गान यसप्रकार रहेको छ:— पौवादुङमाली ! हामी पौरखी पौवादुङमाली ! छिन्तालुङ टोपी पौवादुङमाली उँचो यो शिरमा कर्मठ पाउ सभ्यता–सेतु अरुण तीरमा बास्तिम, च्याङ्ग्रे, श्यामसिला यी हाम्रा लोचन तिवारीभन्ज्याङ, दुई दुङमा मुटुका धड्कन दुङमाली भाषा, बहुल संस्कृति, सुरभि–सौरभ इतिहास माटो पौवादुङमाको पुर्खाको पौरख श्रम हो मोती, सिप हो हिरा, खेतबारी चाँदी–सुन पाखा–पखेरा, पोखरी, जङ्गल ऐश्वर्य तारा–जून सुरम्य, सुन्दर यो जन्मभूमि छातीमा कुँदेको पैवादुङमाली हामी हौँ एकै धागोमा गुँथेको ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img