कोशी प्रदेशइटहरीइटहरी उपमहानगरपालिकाको ३ अर्ब ५७ करोडको बजेट पारित

इटहरी उपमहानगरपालिकाको ३ अर्ब ५७ करोडको बजेट पारित

इटहरी | इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पारित गरेको छ। नगर सभामा छलफलपछि यो बजेट बहुमतले पारित गरिएको हो।

असार १० गते नगर सभामा इटहरी ६ का वडा अध्यक्ष दिवश पोखरेलले बजेट पेश गरेका थिए। नेकपा एमालेले औपचारिक रुपमा विरोध जनाएको भए पनि बजेट सोही आकारमा पारित भएको छ।

बजेटमा ९६ करोड रुपैयाँ आन्तरिक आय हुने अनुमान गरिएको छ। संघीय र प्रदेश सरकारबाट विभिन्न शीर्षकमा अनुदान प्राप्त हुने प्रक्षेपण गरिएको छ। संघीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान गरी १६९ करोड ९२ लाख ११ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ।

कुल बजेटको ३९.५ प्रतिशत चालु खर्च, ६०.२५ प्रतिशत पुँजीगत खर्च र ०.२५ प्रतिशत वित्तीय व्यवस्थामा विनियोजन गरिएको छ। विषयगत क्षेत्रमा ३० करोड, वडा सीमामा ३८ करोड र नगरस्तरीय योजनाका लागि ८ करोड रुपैयाँ छुट्याइएको छ।

उपमेयर सङ्गिता चौधरीको अनुपस्थितिमा वडा अध्यक्ष दिवस पोखरेलले विनियोजन विधेयक र अर्थ विधेयकमा छलफल चलाएका थिए। असार मसान्तसम्म पारित गर्नुपर्ने बाध्यात्मक व्यवस्था अनुसार यो बजेट पारित गरिएको हो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img