देशकर्णाली प्रदेशरुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु, एक व्यक्ति बेपत्ता

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु, एक व्यक्ति बेपत्ता

रुकुम | रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-१२ मा गएराति आएको बाढी र पहिरोले घर बगाउँदा तीन बालबालिकाको मृत्यु भएको छ। एक व्यक्ति बेपत्ता भएका छन् भने सात जना घाइते भएका छन्।

बगरस्थित तातोपानी झिन्चौर खोलामा आएको बाढीसँगै पहिरोले घर बगाउँदा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिसा पुन र ४ वर्षीया मनिषा सार्कीको मृत्यु भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्।

आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीका अनुसार ४० वर्षीय डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको छ।

यस घटनामा घाइते भएका सात जनाको आठबीसकोट नगर अस्पताल राडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। घाइतेहरूमा १० देखि ६५ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img