Saturday, May 17, 2025
समाजविराटनगरमा कारको ठक्करबाट एक जनाको मृत्यु
spot_img

विराटनगरमा कारको ठक्करबाट एक जनाको मृत्यु

spot_img

विराटनगर | मोरङको विराटनगरमा कारले ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालकको उपचारका क्रममा बुधबार राती मृत्यु भएको छ ।

विराटनगर महानगरपालिका–३ पिपलचोकस्थित कोशी राजमार्गमा को १ च ५१९१ नम्बरको कार र मधेस प्रदेश ०१–००४ प २७८४ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको बुढीगंगा गाउँपालिका–५ का ४० को फेकुलाल सरदार गम्भिर घाईते भएका थिए। उनलाई उपचारका लागि नोबेल अस्पतालमा भनाई गरिएको थियो।

उपचारका क्रममा बुधबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ। कार चालक पथरीशनिश्चरे–१० का जीवन कटुवाल पक्राउ परेका छन्।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img

spot_img